नियम ६२
निर्देशिका बनाउन सक्ने
: (१) ऐन तथा यस नियमावलीमा उल्लिखित व्यवस्थाको विपरीत नहुने गरी विभागले सवारी तथा यातायात व्यवस्था सञ्चालनको सन्दर्भमा आवश्यकता अनुसार निर्देशिकाहरू बनाई लागू गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको निर्देशिकाको पालना गर्नु गराउनु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।